मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात

झापा - कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९र८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । उनले पूर्वी नाका काँकरभिट्टाबाट रु सात करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको जानकारी दिए ।
विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा रु छ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उनको भनाइ छ । कोशीका धनकुट्टा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ । अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट रु १७ करोड बढीको बन्दागोभी निर्यात भएको थियो । जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्यांकले देखाउँछ ।
रासस

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया