भक्तपुरमा एकैदिन १४ जनाको मृत्यु, ९५ प्रतिशत संक्रमित घरमै

भक्तपुर : भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोभिड सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ ।
भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा चार हजार ५५५ सक्रिय सङ्क्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन् । होमआइसोलेशनमा चार हजार १३४ बिरामी छन् । अहिलेसम्म १२ हजार ९९० सङ्क्रमित निको भएका छन् ।
सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् । शैया नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन् । अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।
सक्रिय सङ्क्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण र मृत्युदर कमी रहेको छ ।
जिल्लामा चार हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उहाँको भनाइ छ । उनका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ ।
सङ्क्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना सङ्क्रमित बिरामीले भरिएको बताए । उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताए । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया