दिउँसोसम्म बालुवाटारमा ‘ह्याण्डस्अप’, साँझ प्रधानमन्त्री दाबी

काठमाडौँ : संसदबाट विश्वासको मत लिन नसकेपछि वैशाख ३१ मा अल्पमतको सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले धारा ७६ (४) अनुसार एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर उनले त्यो गरेनन्, शुक्रबार दिउँसोसम्म बालुवाटारमा पत्रकार भेटघाटमा उनले विश्वासको मत नपाउने स्थितिमा आफूले धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राष्ट्रपति अनुरोध गरेको बताएका थिए ।
बिहीबार विश्वासको मत प्राप्त नहुने भनेर राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि अनुरोध गर्ने, शुक्रबार दिउँसोसम्म आफूसँग प्राविधिक रूपमा ९३ जना मात्र सांसद रहेको भन्दै ‘ह्याण्डस्अप’ गरेको बताएका प्रधानमन्त्री ओली आफैं साँझ वैकल्पिक सरकारको समेत दाबी गर्दै राष्ट्रपतिकहाँ पुगे ।
आफूसँग विश्वासको मत प्राप्त गर्ने आधार नभएको र सरकार सञ्चालन गर्दिन भनेर नयाँ व्यवस्था अनुसार सरकार गठनका लागि आह्वान भएको अवस्थामा उनैले फेरि प्रधानमन्त्री दाबी गर्ने आधार नभएको वरिष्ठ अधिवक्ता शम्भु थापा बताउँछन् ।
७६ (१), ७६ (२), ७६ (३) को पनि प्रधानमन्त्री पनि केपी शर्मा ओली अनि फेरि राजीनामा पनि नदिइ ७६(५) मै पनि उनैको दाबी लाग्ने स्थिति कल्पनाभन्दा पनि बाहिरको भएको बताए ।
संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्य धारा ७६ (५) ले ७६ (२) को भन्दा पृथक व्यवस्था गरेको र यसले कुनै प्रतिनिधि सभा सदस्यले सांसदहरूको व्यक्तिगत र दलको दुवै समर्थन लिएर प्रधानमन्त्री दाबी गर्न सक्ने बताए ।
उनले यो फरक व्यवस्था भएकाले नै यसमा ह्वीप नलाग्ने उनको भनाइ छ । ‘७६ (२) भन्दा फरक व्यवस्था भएकाले यसमा कुनै प्रतिनिधि सभा संसदका सदस्य र दलको समेत ब्याकिङ्ग लिएर सरकार गठन गर्न सक्ने भयो,’ उनले भने ।
ओलीको दाबी नपुग्ने र प्रक्रियासम्मत ढंगले १४९ सांसदको हस्ताक्षर सहित राष्ट्रपति समक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए । एकछिन अघिसम्म मसँग ९३ मात्र सांसद भए भन्दै रोइलो गरिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिकहाँ गएर अड्को थाप्ने काम गरेको कानुनविद्हरूको बुझाइ छ ।
‘नियमसंगत दाबी पनि परेको थियो । राष्ट्रपतिले विवेकसम्मत निर्णय गर्नुपथ्र्यो, त्यसमा उहाँ चुक्नुभयो’, आचार्यले भने, ‘७६ (५) ले विशेष व्यवस्था अनुसार विशेष सरकारको परिकल्पना गरेको हो । यो पूर्ण रूपमा दलीय ह्वीप लाग्ने ७६ (२) जस्तो व्यवस्था होइन ।’
उनले ७६ (१), ७६ (२), ७६ (३) को पनि प्रधानमन्त्री पनि केपी शर्मा ओली अनि फेरि राजीनामा पनि नदिइ ७६(५) मै पनि उनैको दाबी लाग्ने स्थिति कल्पनाभन्दा पनि बाहिरको भएको बताए । राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रधानमन्त्री ओली र देउवा दुवैको दाबी नपुगेको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले मध्यरातमै मन्त्रिपरिषद् बैठक बोलाएर संसद भंग गर्दै कात्तिक र मंसीरमा आम निर्वाचन घोषणा गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया