राजमार्ग विस्तारका लागि एक हजार रुख काटिने

सुर्खेत । राजमार्ग विस्तारका लागि एक हजार बढी रुख काटिने भएको छ । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले एक हजार बढी रुख कटानको अनुमति पाएको छ । डिभिजन वन कार्यालय सुर्खेतले धुलियाविट–भेडाबारी खण्डमा पर्ने झण्डै एक हजार बढी रुख कटानको अनुमति दिएको छ ।
मुख्य राजमार्गको विकल्पका रूपमा हेरिएको मदन भण्डारी राजमार्ग विस्तारको काम अवरुद्ध भएको थियो ।आयोजना अन्तर्गत सुर्खेतको उक्त खण्डमा रूख कटानको अनुमति नहुँदा ३५ किलोमिटर सडक विस्तारको काममा अवरोध उत्पन्न हुँदै आएको थियो ।
धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा टाचा लगाइएको छ । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो ।
मदन भण्डारी राजमार्ग (चुलाचुली चुरे राजमार्ग) निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो । नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव एक हजार दुई सय किलोमीटर लामो रहनेछ । उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ ।
डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नति हुनेछ । यसअघि सडक ३५ किलोमिटर लामो (धुलियाबिट–भेडाबारीखण्ड) करिब ४ मिटर मात्रै चौडाइ थियो । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिकाका–११ र १३, लेकबेँसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, ११, १२, १३ र १४ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि, धुलियाबिट–भेडाबारी–काल्चे–सल्यानको कालीमाटी, दाङ तुलसीपुर हुँदै महेन्द्र राजमार्गको लमही जोड्ने द्रुत मार्गका रुपमा समेत रेखाङ्कन गरिएको थियो ।
अब सडक कालोपत्रे गर्ने काम सकिएपछि पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउने छन् । सुर्खेतबाट काठमाडौँ जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IAm3JJTPDW_ra07dnksne7ud5mpqxwkc6njlruzyiwi8cdac6kog9e7h4s9a1zwigpixk89.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया