प्रस्तावित राजदूतको सुनुवाइलाई अघि बढाउने

काठमाडौँ- संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइलाई अघि बढाउने भएको छ । राजदूतमाथिका उजुरीबारेको छलफलमा सांसदहरूले बेनामे र ठेगाना नखुली आएका उजुरीमाथि छलफल आवश्यक नरहेको धारणा राखेपछि आगामी बैठकले राजदूतको सुनुवाइ गर्ने समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै उनले राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्ने विषयमा प्रश्न उठेकाले यस विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्ने निर्णय भएको बताए । त्यसअघि बैठकमा समिति सदस्यहरूले पूर्ण विवरण नखोली आएका उजुरीहरूमाथि छलफल गर्न आवश्यक नरहेको धारणा राखेका छन् ।
समिति सदस्य जनार्दन शर्माले उजुरीहरूमाथि छलफल गर्न आवश्यक नरहेको तर समावेशीताका बिषयमा भने ध्यान दिनुपर्ने बताए । उनले लोकतान्त्रिक मूल्यमान्यताअनुसार चल्न सक्नुपर्ने बताए ।
त्यस्तै प्रमुख सचेतक पदम गिरीले पूर्ण विवरण उल्लेख भएका उजुरीहरूमाथि मात्रै छलफल गर्नुपर्ने र बेनामे उजुरीलाई ध्यान दिन आवश्यक नरहेको बताए ।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया