राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचन घोषणा

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो ।
मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयको वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ ।
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको जनाए लगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बालुवाटार र शीतल निवास रातभर जाग्राम रहेर भए पनि ओलीकाे २०७७ पुस ५ काे चाहना पूरा गर्ने काम भएको छ । हस्ताक्षर र सांसद त्यही उपस्थित हुँदा पनि अनेकन वहाना झिकेर उनले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय लिएर ओलीको कदमलाई साथ दिएकी थिइन् ।
राष्ट्रपतिको निर्णयलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधि सभा विघटन गर्ने र मध्यावधि चुनावको मिति तोक्ने काम गरेका थिए । यसबारेमा पहिले नै तयारी रहेकाे पनि एक मन्त्रीले जानकारी दिएका थिए । याेजना एक, दुई र तीन सबै थिए भन्दै त्यही अनुरुप यस्ता कार्य भएका हुन् । उनकै मन्त्रिमण्डलमा रहेका समेत यस्ता कार्यबाट सन्तुष्ट छैनन् र विराेध गर्न नि सकेका छैनन् ।
यस्तो छ राष्ट्रपति कार्यालयकाे विज्ञप्ति :

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया