'रासायनिक मलको अभाव कम गर्न जैविक विकल्प बनाउन माग
काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै समितिको ज्येष्ठ सदस्य सभापतिसमेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले रासायनिक मलको अभाव कम गर्न जैविक मलको वैकल्पिक उपायहरू ल्याउनुपर्ने जिकिर गरे । उनले जैविक मललाई रासायनिक मलको वैकल्पिक उपाय बनाउने विषयमा सरकारको भूमिकाको विषयमा समेत स्पष्ट हुनुपर्ने बताए ।
चौधरीले विनियोजित बजेट अनुसार खरिद प्रक्रिया अघि बढे/नबढेको, खरिद भएको मल ढुवानी भए/नभएको र गोदाममा पुगिसकेको मल वितरणको अवस्थाबारे सम्बन्धित निकायमार्फत जानकारी माग गरिने उल्लेख गरे । उनले रासायनिक मलमा अहिलेको बजार माग कति हो र त्यो कहाँबाट कसरी पूर्ति गर्ने हो भनेर अर्थ र कृषि मन्त्रालयलाई जवाफ माग गर्ने बताए ।
मल अभाव नहुने गरी वितरणको ‘रोडम्याप’ पनि मन्त्रालयहरूसँग माग गरिने उनकाे भनाइ छ । उनले स्थानीय तहले मल वितरण गर्दा किसानलाई समयमा पाउने आधार खडा पारेको प्रणालीको विषयमा समितिलाई जानकारी गराउनु पर्ने बताए ।
सांसद चौधरीले स्थानीय निकायहरूको मल वितरणमा समस्या भए कसरी सम्बोधन गर्ने विषयमा मन्त्रालयले सोच्नुपर्ने धारणा राखे । उनले किसानहरूले भन्सार नाकाबाट एक बोरा मल ल्याउन रोक लगाउने विषयले किसानहरूले समस्या भोग्नुपरेको बताए ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया