बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

मनिष डाँगीले थाइल्यान्डमा व्यावसायिक फुटबल खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड मनिष डाँगीले थाइल्यान्डमा व्यावसायिक फुटबल खेल्ने भएका छन् ।

डाँगीले थाइल्यान्डको रायोङ्ग एफसीका लागि खेल्ने भएका हुन् । रायोङ्गले डाँगीलाई अनुबन्ध गरेको सार्वजनिक गरेको छ ।

रायोङ्गले थाइल्यान्डको दोस्रो डिभिजनको थाइ लिग खेल्ने गरेको छ । सन् २०२२-२३ को लिगमा रायोङ्ग सातौं स्थानमा रहेको थियो ।