इकागज स्कुल : 'अक्सिजन कन्सन्ट्रेटर’बारे ६ प्रश्नोत्तर

कोभिड–१९ संक्रमण बढेसँगै बजारमा अक्सिजनको चर्चा छ । अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । अक्सिजन सिलिन्डरबारे धेरैलाई थाहा भए पनि अक्सिजन कन्सन्ट्रेटरके हो ? थाहा नहुन सक्छ । यसपालिको ‘इकागज स्कुल’मा हामीले केही विज्ञहरूको सहयोगमा अक्जिसन कन्सन्ट्रेटरबारे प्रस्ट पार्ने प्रयास गरेका छौँ ।
के हो अक्सिजन कन्सन्ट्रेटर?
अक्सिजन कन्सन्ट्रेटर एक मेडिकल उपकरण हो । यसले वायुमण्डलमा भएका ग्यासमध्ये अक्सिजनलाई छानेर लिन्छ । र, अक्सिजनको आवश्यकता भएका बिरामीलाई अक्सिजन दिन यसको प्रयोग गरिन्छ ।
कोभिड र अक्सिजन कन्सन्ट्रेटरबीच के सम्बन्ध छ ?
कोभिडले विशेषगरी फोक्सोमा आक्रमण गर्छ र, इन्फेक्सन गराउँछ । इन्फेक्सन भएको फोक्सोले स्वस्थ फोक्सोले जस्तो श्वास लिने–फ्याँक्ने गर्न सक्दैन । संक्रमितमा अक्सिजनको कमी हुन्छ । कन्सन्ट्रेटरले अक्सिजन कम हुँदा परिपूर्ति गर्ने काम गर्छ ।
कन्सन्ट्रेटरले कसरी काम गर्छ ?
हावामा करिब ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यास हुन्छ । कन्सन्ट्रेटरले अरुलाई फ्याँकेर अक्सिजनलाई मात्र फिल्टर गरेर लिन्छ । त्यही अक्सिजन आवश्यकताअनुसार बिजुलीको कन्सन्ट्रेटरको सहायतामा बिरामीलाई दिइन्छ ।
अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरमा के फरक छ ?
अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको काम एउटै हो– अक्सिजन दिने । तर, कन्सन्ट्रेटरलाई विद्युतको आवश्यकता पर्छ भने सिलिन्डरलाई विद्युत् चाहिँदैन । उदाहरणका लागि, अक्सिजन सिलिन्डर भनेको भात पकाउने ग्यासको सिलिन्डर जस्तै हो । कन्सन्ट्रेटरचाहिँ हिटर वा इन्डक्सन जस्तै । सिलिन्डरको ग्यास सकियो भने भरेर अर्को ल्याउनुपर्छ । हिटर र इन्डक्सनलाई बिजुली भए पुग्छ ।
कन्सन्ट्रेटर कोभिडका जुनसुकै बिरामीलाई प्रयोग गर्न मिल्छ ?
सामान्य र मध्यम खालका कोभिडका बिरामीलाई कन्सन्ट्रेटरबाट अक्सिजन दिने गरिन्छ । तर, धेरै मात्रामा अक्सिजनको आवश्यकता भएका वा गम्भीर किसिमका बिरामीलाई भने सिलिन्डरबाटै अक्सिजन दिनुपर्ने हुन्छ ।
कन्सन्ट्रेटर किन्दा के कुरामा ध्यान पुर्याउनुपर्छ ?
कन्सन्ट्रेटर किन्दा त्यसको विवरण पुस्तिका राम्रोसँग पढ्नुपर्छ । त्यसको क्षमता कति छ, कति प्रतिशत शुद्ध अक्सिजन दिन्छ, कुन कम्पनी हो, विचार पुर्याउनुपर्छ । कन्सन्ट्रेटरबिजुलीबाट चल्ने भएकाले त्यसले कत्तिको बिजुली खपत गर्छ, त्यो पनि बुझ्नुपर्छ । अझ यो मोबाइल वा बोकेर हिँड्न मिल्ने खालको पनि हुनाले ब्याट्री व्याकअप पनि बुझ्नुपर्ने हुन्छ ।
(प्रस्तुती : सृजना खड्का)
र, यी स्कुलमा पनि भर्ना हुनुहोस् :
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया