आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

आयुर्वेद चिकित्सालयमा आइसोलेशन : कसरी हुन्छ उपचार ? कसरी दिइन्छ अक्सिजन ?

काठमाडौँ : आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड-१९का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेशन स्थापना गरिएको हो ।

आइसोलेशन शनिबारदेखि सञ्चालनमा आउने निर्देशक डा.प्रदीप केसीले जानकारी दिएका छन् । आइसोलेशनमा कोभिड-१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रस्वास एक्सरसाइज र विभिन्न मनोसामाजिक परामर्शसहित उपाचार गरिने पनि डा. केसीले बताए ।

उनले भने,‘आधुनिक चिकित्सा सँगसँगै आयुर्वेदको जीवनशैली योग, प्रणायम, श्वासप्रस्वास एक्सरसाईज, विभिन्न थेरापीहरु र बिरामीलाई मनोवैज्ञानिक परामर्श, श्रव्यदृश्य सामाग्रीबाट बिरामीलाई हाईफ्लो अक्सिजनसम्मको उपचारको लागि तयारी अवस्थामा छौँ ।’

आइसोलेशनमा ५० शैय्यामध्ये २५ शैय्यामा भने एचडियु बेड र हाईफ्लो अक्सिजनकोसमेत सुविधा भएको निर्देशक केसीले जानकारी दिए ।