कपिलवस्तु गोलीकाण्ड : गोली प्रहार गर्ने २ जना पक्राउ

बुटवल : गत ५ गते राति कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डे र भारतीय नागरिक इयाज अख्तर मुसलमानमाथि गोली प्रहार गर्ने २ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ तौलिहवाका ३९ वर्षे ओम प्रकाश यादव र वडा-२ सागरटोल बस्ने वर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको हो ।
पक्राउ परेकाहरूले नेता पाण्डेसँगको व्यक्तिगत रिसिवीका कारण गोली प्रहार गरेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले ५ गते राति लु १६ प ३४९७ को मोटर साइकल आफै चलाई घटना स्थलमा पुगेर ३ राउण्ड गोली हानेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल घाइते दुवैको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नयाव उपरिक्षक धर्मराज भण्डारीले बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O4COrM86JL_yp2juelbeswemzluuysda0dazq9zdbreohxs8oxalfvocpeatmznxzxpjugn.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया