बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

एनआरएनए एनसिसी यूएईको अधिवेशन अनिश्चित, अदालतमा मुद्दा

फाइल फोटो

काठमाडौं - गैर आवासिय नेपाली सॅघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) यूएईको अधिवेशन निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । 

फर्जी सदस्यता वितरण भएको, निर्वाचन समितिको मिलेमतोमा मतदाता नामावली प्रकाशन नगरेको, दावी बिरोधको मौका नदिएको, उम्मेदवार उपर परेको दावी बिरोधको छानबिन नगरेको भन्दै ३० जुलाईमा हुन गइरहेको अधिवेशनलाई वैधता नदिन अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर भएको हो । 

एनआरएनए आईसिसी, एनआरएनए एनसिसी यूएईका अध्यक्ष ठाकूर प्रसाद ढॅुगाना, निर्वाचन समिति सहित १० जना उपर मुद्दा दायर गरिएको हो । 

पाटन उच्च अदालतले बिपक्षीको नाममा श्रावन १४ गते आईतबार (जुलाई ३० तारिक) १० बजे बिपक्षीलाई छलफलको लागि आउन भन्दै कारण देखाउ आदेश जारी गरेको छ । 

आइतबार नै दिउॅसो १ बजे राष्ट्रिय समन्वय परिषद यूएईको अधिवेशन तोकिएको छ । अदालतको आदेशले यूएईमा हुन गइरहेको अधिवेशन अनिश्चित बनेको छ ।