इलाम अस्पतालमा स्वास्थ्यकर्मीसहित उपकरण र सामाग्रीको व्यवस्था गरिदिन सांसद परियारको माग

काठमाडौं : प्रतिनिधि सभा सदस्य सुजता परियारले इलाम अस्पतालमा दरबन्दीअनुसार स्वास्थ्यकर्मीसहित स्वास्थ्य उपकरण र सामाग्रीको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेकी छन् । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद परियारले शुक्रबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई ज्ञापन पत्र बुझाउँदै अक्सिजनलगायत अति आवश्यक स्वास्थ्य सामाग्रीहरू तुरुन्त उपलब्ध गराउन माग गरेकी हुन् ।
इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा व्यवस्थित सघन कक्ष, भेन्टिलेटरको अभाव भएकाले संक्रिमतहरूको उपचार गर्न समस्या भएको परियारले ज्ञापनपत्रमा उल्लेख छ ।‘इलामबासीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको लागि तत्काल इलाम अस्पताललाई आवश्यक पर्ने परीक्षण किट, मास्क, सेनिटाइजर,पीपीई सेट, थर्मल गनलगायतका स्वास्थ्य सामाग्री अभाव छ’ परियारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटरको तत्काल व्यवास्था गरिदिन अनुरोध गर्दछुँ।’
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया