सर्रेको जितमा सन्दीपलाई मोमेन्ट अफ द म्याच अवार्ड

काठमाडौँ- ग्लोबल टी-ट्वान्टी क्यानाडाअन्तर्गत सन्दीप लामिछानेआवद्ध सर्रे जागुआर्सले दोस्रो जित हात पारेको छ ।
ब्राम्पटनमा शुक्रबार राति भएको खेलमा सर्रेले मिसिसाउगा प्यान्थर्सलाई ५५ रनले पराजित गर्दै चार खेलमा दोस्रो जित हात पारेको हो ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको मिसिसाउगाले १७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमात्र जोड्न सक्यो । मिसिसाउगाका लागि क्यामेरोन डेलपोर्टले सर्वाधिक ३३ रन बनाए ।
सर्रेका लागि सन्दीप लामिछाने र स्पेन्सर जोनसनले समान ३-३ विकेट हात पारे । सन्दीपले मोमेन्ट अफ द म्याच अवार्ड समेत हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन जोड्यो । सर्रेका लागि जतिन्दर सिंहले ५७ रन तथा अलेक्स हेल्सले ३९ रन बनाए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया