यौन हिंसाले गर्भवती भए पछि विक्षिप्त बनेकी थिइन् लेडी गागा

लन्डन : संगीत निर्माताले गरेको जबर्जस्ती करणीले आफू गर्भवती भएको र यसले लामो समय मानसिक रोगी बनाएको लेडी गागाले बताएकी छिन् । लेडी गागा १९ वर्षको हुँदा ती निर्माताले उनले लुगा नखोले सम्पूर्ण गीतमा आगो लगाइदिने धम्की दिएको र जबर्जस्ती करणीले गर्भवती भएको बताएकी हुन् ।
यसको ट्रमाका कारण धेरै वर्ष पछि उनको मानसिक सन्तुलन बिग्रिएको थियो । उनले यसबाट निको हुन अढाइ वर्ष लागेको पनि बताएकी छिन् । गागाले यो कुराको खुलासा गरेकी हुन्, ओपरा विन्फ्रीको सो ‘दि मी यु कान्ट सी’ ।
ओपराले यो सो एप्पल टीभीका लागि बेलायती राजकुमार प्रिन्ससँगको सहकार्यमा तयार गरेकी हुन् । गागाले आफूले त्यो मानिसको नाम चाँडै नै सार्वजनिक गर्ने बताएकी छिन् । लेडी गागाले सन् २०१४ मा पहिलो पल्ट आफूमाथि भएको बलात्कारको विषयमा मुख खोलेकी थिइन् ।
उनीमाथि बनेको डकुमेन्ट्रीमा सबैभन्दा पहिलो यो विषयको खुलासा भएको थियो । लेडी गागाले दुई वर्ष अघि ‘स्टार इज बर्न’बाट अस्कर जितेकी थिइन् र यो समयमा पनि उनले आफूमाथि भएको यौन हिंसाको बारेमा बोलेकी थिइन् ।

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

प्रतिक्रिया