मुगुमा १७ दिनपछि बल्याे बिजुली बत्ती

मुगु- विद्युत् अवरुद्ध भएको १७ दिनपछि मुगुमा बिजुली बत्ती सञ्चालनमा आएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथ रारा नगरपालिकासँगको समन्वय एवं नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार साँझदेखि विद्युत् सेवा सञ्चालन भएको हो ।
गत असार २७ गते मंगलबार गमगाड खोलामा आएको बाढीले पावर हाउसतिरको नहरमा बालुवासहितको माटाेले नहर पुरेपछि नहरमा पानी बग्न नपाइ विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि छायाँनाथ रारा नगरपालिकाभित्रका ८७ बस्तीका २६ हजार घर परिवार विद्युत् सेवाबाट प्रभावित हुँदै आएका थिए भने दैनिक रूपमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले सेवा दिन सकेका थिएनन् ।
विद्युत् सेवा सञ्चालन गर्नका लागि जिल्लास्थित विद्युत् प्राधिकरणका कर्मचारी र सशस्त्र प्रहरी बल ४५ नम्बर गुल्ममा कार्यरत सुरक्षाकर्मीहरूले नहरमा जमेको करिब एक सय मिटर भागको बालुवा र माटो निकालेका थिए । रासस

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया