लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरू

लमजुङ- जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेको छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रको फारम भर्न थालिएकोमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनौपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।
लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।
त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेको घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाको आवेदन संकलन गरिएको थियो । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाको परिचयपत्र बनेर आएको प्रजिअ अधिकारीले जानकारी दिए ।
कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने प्रजिअ अधिकारीले बताए ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया