भारतमा पनि भाइरल हुँदै ‘बादल वर्षा बिजुली’

काठमाडौँ - आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको गीत ‘बादल वर्षा बिजुली’ले नेपालमा मात्र होइन भारतमा पनि अचाक्ली दर्शक पाउन थालेको छ । नेपाली टिकटकरबीच अचानक लोकप्रिय बनेको यो गीत अहिले विदेशमा पनि छाउन थालेको छ । नेपाली टिकटकरको सिको गर्दै भारतमा पनि अहिले यसमा नाच्नेको संख्या बढेको छ ।
यो गीत १८ वर्षअघि रेकर्ड भएको थियो । सचिन सिंहको संगीत र करुण थापाको रचना रहेको यो गीत ‘कर्तव्य’ नामको चलचित्रमा समावेश थियो । गीतमा दीलिप रायमाझी र सज्जा मैनाली नाचेका थिए ।
टिकटकसँगै अहिले यो गीत भारतमा इन्स्टामा पनि भाइरल हुन थालेको छ । हिन्दुस्तान टाइम्सले यो गीतमा नाच्ने दुई बालिकामाथि समाचार लेख्दै नेपाली गीतमा दुई बालिका नाचेको भिडियोले इन्स्टामा मात्र ३० लाख भ्युज पाएको उल्लेख गरेको छ ।
गीतले टिकटकमा पुनर्जीवन पाएको संकेत पाएसँगै यो गीतलाई भर्खरै नयाँ अरेन्जमेन्टसहित भिडियो बनाएर सार्वजनिक गरिएको थियो । नयाँ भिडियोमा बिजु पार्की र कविता नेपालीको नृत्य रहेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया