स्कटल्यान्ड र आयरल्यान्ड क्रिकेट विश्वकपमा छनोट

काठमाडौँ- स्कटल्यान्ड र आयरल्यान्ड आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि छनोट भएका छन् ।
युरोपमा भएको छनोटबाट स्कटल्यान्ड र आयरल्यान्डले २०२४ मा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेका हुन् ।
छनोटअन्तर्गत बिहीबार स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै लगातार पाँच खेल जित्दै विश्वकपका लागि स्थान बनायो ।
अर्कोतर्फ जर्मनीबीचको खेलमा वर्षा बाधक बनेपछि दुवै टिमले अंक बाँडे र आयरल्यान्ड विश्वकपमा पुग्यो । आयरल्यान्डले ४ खेलमा जित हात पार्दा एक खेलमा अंक बाँड्यो ।
युरोप छनोटअन्तर्गत ७ टिमको सहभागिता रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया