निजगढमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रममा आकर्षण बढ्दै

बारा- निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढदै गएको छ ।
एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।
निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन् ।
अघिल्ला महिनाहरुमा शिवीरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए । महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकोले यो संख्या बढदै गएको उनले बताए । उनका अनुसार गत महिना १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर, ४ जनाले रिङग पेसरी सेवा लिएका हुन । साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।
त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरु सम्बन्धि अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निशुल्क औषधी समेत प्रदान गरिएको छ । शिवीरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया