विश्वकप एसिया छनोट नेपालमा कात्तिक १३ बाट सुरु हुने

काठमाडौँ- टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रका छनोटका खेलहरू नेपालमा आगामी कात्तिक १३ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिता कार्तिक २३ गतेसम्म चल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणका खेलहरू आयोजना गर्ने अधिकार पहिले नै दिइएको थियो । टी-ट्वान्टी विश्वकप सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने छन् ।
नेपालमा हुने छनोटका खेलहरूबाट दुई टोलीले टी-ट्वान्टी विश्वकप खेल्ने आइसीसीले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहनेछ । अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन पुगिसकेका छन् । बाँकी दुई राष्ट्र प्रारम्भिक छनोट पार गरेर सहभागिता गर्ने छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया