एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाले उम्मेदवारी दिने
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिवमा कमल बाँस्तोलाले उम्मेदवारी दिने भएका छन् । एक दशकभन्दा लामो समयदेखि जापानमा बस्दै आएका बाँस्तोलाले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
जापानमा रहेका नेपालीहरूको हकहितका लागि सक्रिय भएर लागेका छन् । कास्की पोखरामा जन्मिएका बाँस्तोला ले नेपालबाट विज्ञान विषयमा पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्र्तिण गरेका थिए ।
जापानमा विद्यार्थी भिसा मार्फत प्रवेश गरेका थिए । ४ वर्ष जापानमा अध्ययन गरिसकेपछि विगत १० वर्षदेखि जापानी कम्पनीमा कार्यरत छन् ।
जापानीज भाषामा पोख्त रहेका उनी जापानमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छन् । जापान र नेपालमा काम गर्दै गर्दा संस्थालाई कसरी अगाडि बढाउनुपर्छ भन्ने राम्रो जानकारी राखेका छन् । सोही आधारमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
महासचिवमा निर्वाचित भए नेपालीका मुद्धा र समस्याका विषयमा सशक्त भएर लाग्ने प्रतिबद्धता उनको रहेको छ । हाल एनआरएनए जापानको सदस्य रहेका उनी अन्य विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्य समेत गर्दै आएका छन् ।
कास्की पोखरा समाज जापानमा विगत २ कार्यकाल उपाध्यक्षको रूपमा काम गर्दै आएका छन् । हाल क्ष्ज्ल्इ मा कार्यरत रही जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । उक्त कार्यबाट हालसम्म ५०० भन्दा बढी नेपाली विद्यार्थीले १० करोडभन्दा बढीको छात्रवृृत्ति प्राप्त गरिसकेका छन् । टोकियोमा हुँदै आएको नेपाल फेस्टिभल २०२२ तथा २०२३ को आयोजनामा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
जापानमा रहँदा नेपाली विद्यार्थीले भोग्दै आएका समस्याबाट आफु जानकार रहेको उनको भनाई छ । महासचिवमा निर्वाचित भएपछि ति समस्या समाधानका लागि सक्रिय भएर लाग्ने उनको प्रतिबद्धता छ ।

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया