मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कैलालीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

धनगढी- कैलालीबाट लागूऔषधसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम लागूऔषधसहित ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह राजपुत मंगलबार पक्राउ परेका हुन्।​

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिइएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनले चलाएको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा लुकाई राखेको लागूऔषध फेलापारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।