आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

ओलीले भने, ‘मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऊँ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर सरकार बनाउन आग्रह गरेको बताएका छन् । ‘मैंले वैकल्पिक सरकार बनाउन बाटो खोलिदिएको छु, सरकार बनाउनुहोस् भन्दा पनि संविधानमाथि थिचोमिचो हुन्छ र !,’ उनले भने, ‘कि अरु दलले वैकल्पिक सरकार दिनुपर्‍यो कि मलाई समर्थन गर्नुपर्‍यो ।’

उनले अन्य दलले वैकल्पिक सरकार बनाए आफू सहयोगी प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार भएको बताए । उनले अहिले अनावश्यक रूपमा राष्ट्रपति संस्थाको हुर्मत लिने काम भएको भन्दै अस्थिरता चाहने र गणतन्त्रविरोधी शक्तिले उक्त काम गरिरहेको बताए ।

राष्ट्रिय सरकार बनाउने भए ‘आउनुहोस्, मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउँ ’ पनि भनेको छ । ओलीले आफूलाई चित्तबुझ्दो उपयुक्त विकल्प लिएर दलहरू आए त्यसलाई समर्थन गर्ने बताए ।