ताप्लेजुङको मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ ।
यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन सय ८७ को उपचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गत रहेको पशु सेवा शाखाबाट कृषकको घर गोठमै पुगेर खोप तथा उपचार सेवा सञ्चालन गरिएको र आवश्यकताअनुसार खोप र उपचारका कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । गाई, भैँसी, याक र चौँरीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।
पछिल्लो समय लम्पी स्किनका कारण जिल्लाका अधिकांश क्षेत्रका कतिपय पशु चौपाया मरेका छन् भने धेरैजसो सङ्क्रमित छन् । फुङ्लिङ नगरपालिका सहितका स्थानीय तहले लम्पी स्किन विरुद्धका खोप अभियान चलाइरहेका छन् । सङ्क्रमण तीव्र रुपमा फैलिएर गाई, गोरु थला परेपछि किसान मारमा परेका छन् । दूधजन्य वस्तुको उत्पादन र बिक्री नहुँदा साथै धान रोप्नका लागि खेत जोत्न गोरु उपलब्ध नहुँदा किसान समस्यामा परेका हुन् ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया