पाकिस्तानका साउद शकीलले टेस्ट क्रिकेटमा बनाए विश्व कीर्तिमान

काठमाडौँ- कोलम्बोमा जारी पाकिस्तान र श्रीलंकाबीच दोस्रो टेस्टको तेस्रो दिनमा पाकिस्तानी ब्याट्सम्यान साउद शकीलले सातौं अर्धशतक पूरा गरेका छन् ।
सुरुवाती सातवटै टेस्ट खेल खेल्दा प्रत्येक खेलमा अर्धशतक पूरा गर्दै शकीलले विश्व कीर्तिमान कायम गरेका हुन् ।
टेस्ट क्रिकेटको १ सय ४६ वर्षे इतिहासमा आफ्नो पहिलो सात टेस्ट खेल खेल्दा प्रत्येकमा अर्धशतक बनाउने शकील पहिलो खेलाडी बनेका छन् ।
शकीलले सुनील गावस्कर, बासिल बुचर, सईद अहमद र बर्ट सटक्लिफलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । उनीहरुले आफ्नो पहिलो ६ खेलमा अर्धशतक बनाएका थिए ।
शकील ५७ रन बनाएर आउट भईसकेका छन् । पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा ब्याटिङ गर्दै ९० ओभरमा चार विकेट गुमाएर ३५९ रन बनाएर खेलिरहेका छन् ।
शकीलले सात टेस्ट खेलमा बनाएका रनहरुः
पहिलो टेस्टमा ७६
दोस्रो टेस्टमा ६३ र ९४
तेस्रो टेस्टमा ५३
चौँथो टेस्टमा ५५
पाचौँ टेस्टमा १२५
छैटौं टेस्टमा २०८
सातौँ टेस्टमा ५७

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया