माधव नेपाल समूह मीर कासिम जस्ता षड्यन्त्रकारी : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतको प्रधानमन्त्री नियुक्त भएयता राजनीतिक समीकरणमा वैशाख २७ मा संसदमा विश्वासको मत लिंदाको अवस्थाभन्दा धेरै भिन्न नभएकाले आफूले नयाँ प्रक्रियाबाट सरकार बनाउन मार्ग प्रशस्त गरेको बताएका छन् ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानले सिर्जना गरेको समयको चापका कारण फेरि विश्वासको मत लिनेतर्फ जानु आफूलाई उचित नलागेकाले राष्ट्रपतिलाई ७६ (५) अन्तर्गत नयाँ सरकार गठन गनै आह्वान गर्न निवेदन दिएको बताएका छन् ।
संसदमा विश्वासको मत प्राप्त हुने स्थिति नदेखेकाले आफूले मार्ग प्रशस्त गरिएको उनको भनाइ छ । ‘संसदीय गणितको गोटी सारेजस्तो यता र उता गरेर सरकारलाई कामै गर्न नदिने भएपछि मैले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थिएँ’ उनले भने, ‘पछि प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि अविश्वासको प्रस्ताव डेढ महिनासम्म नआएपछि मैंले आफैंले विश्वासको मत लिने निर्णय गरेको थिएँ ।’
उनले संवैधानिक प्रक्रियाको चक्रबाट अघि बढ्दा अस्वस्थ खेलको चक्रब्यूहमा परिने स्थिति भएकाले आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको दोहोर्याए । प्रधानमन्त्री ओलीले अरू दल पनि सरकार बनाउन नसक्ने र आफूलाई पनि विश्वासको मत नदिएर घेराबन्दी गरिएको बताए ।
उनले माधवकुमार नेपाल समूहका २७ जना सांसदले संसदमा अनुपस्थित भएर अनुशासनहीन, अनैतिक र अपराधिक काम गरेको बताए । माधव नेपाल समूह मीर कासिम जस्ता षड्यन्त्रकारी भएको उनको भनाइ थियो । ब्रिटीश उपनिवेश विस्तारको क्रममा अंग्रेजहरूले मीर कासिमलाई अघि सारेर उनकै ससुरालाई हटाएर उनलाई बंगालको नबाब बनाएका थिए, जसले भारतमा ब्रिटीश राज फैलाउन सहयोग पुगेको थियो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा निर्वाचनमा माधव नेपाल समूहले पार्टीको टाउकोमा बञ्चरो हान्ने काम गरेको भन्दै त्यसको हिसाबकिताब हुने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया