नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रोपटक यूरोमनीबाट सम्मानित

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘यूरोमनी एवार्डस् फर एक्सलेन्स, २०२३’ बाट सम्मानित भएको छ ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र बैंकले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो ।
वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण आफूलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले आज गरेको प्रेस विज्ञप्तिमा छ ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा पूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआईएमबी बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।
बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको एनआईएमबीको शेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च हो ।
बैंकले २ सय ९६ शाखा, २ सय ८० एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र एक सय सात शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहक महानभावहरूलाई सेवा दिइरहेको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_D1wHfTajMk_hic7n9tehxfeqmytvh5kdcct6rxo1sinwlmdkjvwhxge1fy2cielxqfpkjtk.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया