स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एक जना समातिए

बुटवल- कपिलवस्तुमा स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।
आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।
गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हजर १२७ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउन लागेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया