वीर अस्पतालमा भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालन

काठमाडौँ- वीर अस्पतालले विशिष्ट व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैयासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भिआईपी र भिभिआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरेका थिए ।
स्वास्थ्य मन्त्री बस्नेतले भिआईपी र भिभिआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए । मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए ।
त्यस्तै उनले वीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको जानकारी दिए ।
वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ट व्यक्ति उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहित किचेन समेतको सुविधा छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया