बन्चरेडाँडावासीको स्वास्थ्यमा खेलवाड नगर्न जवाफदेहिता निगरानी समितिको अनुरोध

काठमाडौँ - जवाफदेहिता निगरानी समितिले बन्चरे डाँडावासीको स्वास्थ्यको चिन्ता गर्दै सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट चरण प्रसाइँद्धारा जारी विज्ञप्तिमा मानव बस्ती नजिकै रहेको डाँडामा फोहोर थुपार्दा स्थानीयका स्वास्थ्य जोखिममा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । विज्ञप्तिमा भनिएको छ – ‘नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरे डाँडा काठमाडौं उपत्यकाको फोहो रथुपार्नका लागि छनोट गरिएको नयाँ गन्तव्य हो र यो मानव बस्तीबाट एकदमै सामीप्यमा रहेको छ । फोहोरबाट प्रभावित र राज्यका सम्बन्धित निकायबीचको लिखित सम्झौता मुताबिक उक्तल्यान्डफिल साइटमा वैज्ञानिक मापदण्ड अनुसरण गरी फोहोर व्यवस्थापन गरिने र स्थानीयको स्वास्थ्य सरोकारलाई प्राथमिकता दिइने प्रावधान राखिएता पनि झन्डै एक वर्षको अवधि बितिसक्दा समेत उक्त क्षेत्रमा कुनै पनि मापदण्ड पालना नगरिएकाले स्थानीयको जनजीवन कष्टकर बन्न पुगेको छ ।’
निगरानी समितिका सदस्यको नेतृत्वले एक हप्ता पहिला दुवै क्षेत्रको स्थलगत अवलोकन गरेको र दुवै क्षेत्रका बासिन्दामा स्वास्थ्य समस्या अत्यन्तै भयावह रहन गएको बताएको छ । विज्ञप्तिमा यसले स्थानीयले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको पनि खण्डन भएको भन्दै सम्झौता अनुरुप काम गर्न र‘फोहोर र मानवबस्ती एकै स्थानमाकदापि रहन सक्दैनन्’ भन्ने स्थानीयवासीको एकल मागको सम्बोधन गर्न आग्रह गरिएको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया