मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

दाङमा बाढीले गुडिरहेकाे स्कारपियाे बगायाे

बुटवल । दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले  बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो ।

स्कारपियोमा चालक मात्र थिए । उनको स्थानीयको सहयोगमा उद्वार भएको छ । स्कारपियो भने अहिले पनि खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

यस्तै निरन्तरको वर्षाले नदी र खोलानालाहरुमा बाढी आउँदा दाङ देउखुरी उपत्यकाका बस्तीहरु डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका र राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् ।