लुम्बिनी विकास कोषको परिषद बैठकमा नीति कार्यक्रम र बजेट पेस

बुटवल । लुम्बिनी विकास कोषको आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रम तथा बजेट परिषद बैठकमा पेस भएको छ । कोष ऐन २०४२ अनुरुप परिषदबाट नीति कार्यक्रम र बजेट पेस गर्ने प्रावधान अनुसार सोमबार लुम्बिनीमा बसेको परिषद बैठकमा नीति कार्यक्रम र बजेट पेस भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष भिक्षु मैत्तयले आर्थिक वर्षको प्रगति, कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यक्रम र सदस्य सचिव सानुराजा शाक्यले नीति कार्यक्रम परिषदमा पेस गरे । कोषाध्यक्ष भट्टराईले नेपाल सरकारतर्फको ४५ करोड र आन्तरिक तर्फ २३ करोड ३ लाख बराबरको बजेट प्रस्ताव परिषदमा पेस गरे ।
परिषद बैठकमा मन्त्री किराँतीले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको मुहानका रुपमा विकास गर्ने गरि कार्य योजनासहित काम गर्न आग्रह गरे । परिषदको बन्दसत्रअघि उद्घाटन सत्रमा मन्त्री किराँतीले किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुको खोजी गरि संरक्षण गर्ने बताए । सम्पदाहरुलाई सँस्कृति र प्रकृति मैत्री रुपमा विकास गर्नुपर्ने उनको भनाई छ ।
मन्त्री किराँतीले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताए । उनले लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरि नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताउँदै अब लुम्बिनीको विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
परिषद बैठकको उद्घाटन सत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धको रुपमा विश्वसामू चिनाउनुपर्ने बताइन् । उनले लुम्बिनी पवित्रस्थलका रुपमा विकास गर्नका लागि सबैपक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन् । राज्यमन्त्री ठकुरीले गौतम बुद्धकै कारण नेपाल देशको परिचय विश्वभर भएकाले लुम्बिनीलाई कसैको स्वार्थमा राख्न नहुने बताइन् ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरु हल भएको र गुरुयोजनाका कामहरु पूरा हुने चरणमा रहेको बताए । उनले गुरुयोजनाको काम अबको ३ वर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए । बैठकमा सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव राजन केसीसहित कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरुको सहभागिता थियो ।
परिषद बैठकमा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, लेखा निर्देशिका २०८०, विद्युतीय गाडी सञ्चालन सम्बन्धी कार्यविधि तथा प्रतिवेदन २०७९ समेत पेस गरिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिइन् ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया