सुदूरपश्चिममा सरकार विस्तारबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री शाहबीच छलफल

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति पार्टीका सांसद र मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री र नागरिक उन्मुक्तिको संसदीय दलका नेता घनश्याम चौधरी लगायतबीच छलफल भएको हो । छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी छन् ।
नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएकाे छ । उनीहरूलाई कति बेला मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा अहिले छलफल भइरहेको हो ।
सरकारमा सहभागिताबारे छलफलका लागि आजै मुख्यमन्त्री शाह काठमाडौँबाट धनगढी पुगेका हुन् । मुख्यमन्त्री शाहले सरकारमा सामेल हुनेबारे छलफल गर्नुपर्ने भएकाले आफू धनगढी पुगेको इकागजलाई बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया