काठमाडौँ महानगरले आजदेखि दुई ठाउँमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउने

काठमाडौँ: नेपाली सेना,काठमाडौँ महानगरपालिकालगायत अन्य सामूहिक संस्थाका लगानीमा सामाखुसीस्थित राधास्वामीको संत्सग भवनमा आजदेखि नरदेवी अस्पतालमा अक्सिजन थेरापीसहितको आइसोलेसन सञ्चालनमा आउने भएको छ ।नरदेवी अस्पतालमा ५० र सामाखुसीको सत्संग भवनमा एक सय बेडको आइसोलेसन सञ्चालन हुने काठमाडौँ महानगरपालिकाका स्वास्थ्य सेवा विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । उनकाअनुसार नरदेवी अस्पतालमा ५० बेडबाट सुरु भएर सय बेडसम्म पुर्याउँने लक्ष्य रहेको छ । राधास्वामी सत्संग भवनमा सयबाट सुरु गरी दुई सय बेडसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए ।नरदेवी अस्पतालमा महानगरपालिकाले सम्पूर्ण व्यवस्थापनको खर्च व्यहोरेको कुँवरले बताए । सत्संग भवनमा वीरेन्द्र सैनिक अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने उनको भनाइ छ । आइसोलेसनमा बसेका सबै संक्रमितलाई खाना निशुःल्क उपलब्ध गराइने उनले बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया