शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

बालुवाटार जग्गा प्रकरण : थप दुई जना पक्राउ

फाइल फोटो

काठमाडौं - बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।