शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

ट्याक्टर खोलामा बग्दा चालक बेपत्ता

सांकेतिक तस्बिर

कैलाली- बाजुराको अनाया खोलामा आइतबार राति ११ बजे कोल्टीबाट आउने क्रममा से २ त ३२२५ नम्बरको ट्याक्टर खोलामा बग्दा चालक बेपत्ता भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का अन्दाजी २७/२८ वर्षीय डुबनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

ट्याक्टर र ट्रली खोलाको बीच भागमा फेला परेको छ भने चालक अझै बेपत्ता रहेको बताउदै चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।