पहिलो सांगीतिक भ्रमणको तयारीमा अंकिता

काठमाडौँ- ‘माइली’ गीतबाट चर्चा कमाउन सफल गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक हुने भएको छ । एल्बमको पोस्टर सार्वजनिक गर्दै ‘माइली’ एल्बम सार्वजनिक गरेसँगै गायिका पुनले आफ्नो पहिलो सांगीतिक भ्रमण पनि गर्ने भएकी छिन् ।
भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ । त्यसपछि नेपालका काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरहरुमा गायिका पुनले आफ्नो संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको यस सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले जानकारी दिए ।
‘माइली’ एल्बममा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो बोलका गीत समावेश छन् । सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीन वटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । एल्बमका बाँकी चार गीतहरुको म्युजिक भिडियो क्रमशः सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बूले बताए ।
गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यहरुले साथ दिने छन् । सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशन जंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने आर्टिस्ट मेनेजर लोकबहादुर पुनले जानकारी दिए । इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्ने छन् ।
‘रकिङ फिलिली’ ले आफ्ना ओरिजिनल गीतहरु पनि स्रोताहरुलाई सुनाउँदै भ्रमण गर्ने बताइएको छ । अंकिता पुनको सांगीतिक भ्रमणमा सहयोग गर्न गितार सप म्युजिक पार्टनरका रुपमा रहेको छ । भ्रमणलाई कम्युनिकेसन्समा फस्र्ट लिंक र आइटीमा ओमकार कम्प्युटर्सले सघाउने छ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया