एनआरएनए माल्टा निर्वाचन अगावै फुटको संघारमा, अलग-अलग आचारसंहिता जारी

काठमाडौँ- एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको संघारमा पुगेको छ ।
निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्यालले निर्वाचन समिति अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरूको माग विपरित र जनमानसको भावना विपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभावमा पार्ने सहज हुने तरिकाले निर्वाचन समितिको संयोजक अगाडि बढेको आरोप लगेको छ ।
आचारसंहिता एकपक्ष रुपमा आधिकारिक पेजबाट सार्वजनिक गरेसँगै अन्य निर्वाचन समिति सदस्य सचिव आकाश गुरुङ, हरि प्रकाश विश्वकर्मा र उज्वल केसीले असहमत राख्दै अर्को आचार संहिता एनआरएनएको आधिकारिक फेसबुक पेजबाट प्रकाशित गरेको छ ।
संयोजक अर्यालले एकलौटी तरिकाले अगाडि बढेको र कसैको रिमोट भएर चलेको आरोप लागेको छ । दुई पक्षिय आचारसंहिता उल्लेख गरिएको छ ।
निर्वाचन समिति सदस्य सचिव गुरुङ, विश्वकर्मा र केसीले निर्वाचन समितिको संयोजकले सदस्य सचिवको क्षेत्राधिकार खोसेको आरोप लगाएका छन् । उनीहरूले एक पक्षिय ढंगले आफ्ना केहि पक्षलाई पक्षपोषण गरेको आरोप लगाएका छन् ।
'स्थानिय स्तरमा विभिन्न किसिसका समस्याहरू छरपस्ट आइसकेपछि हामीले निर्वाचन स्वच्छ सभ्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न र मतदाताहरूले स्वविवेक प्रयोग गरि मतदान गर्न पाउनुपर्छ भनि धाराण राख्दा उहाँहरूले कहानिर गल्ति देख्नुभयो एउटा पक्षले अनलाइन प्रणालीको लागि भनिएको vero voting सँग तालिम लिएर उमेदवारहरू र उहाँहरूका केहि समर्थकहरूले मतदानको तालिम लिइसकेको' गुरुङ, विश्वकर्मा र केसीले भनेका छन् 'अरु सर्वसाधारण माल्टावासीलाई गुम्राहमा राखेर निर्णय गरिएको छ । तल उल्लेखित आचारसंहितामा कहाँनर गलत छ ? सबै कुरामा सहमति भै अन्तिम अबस्थामा कसैको एसएमएस आएपछि उहाँहरूको बोलि परिवर्तन भएको हो । यदि बैठकको निर्णयहरू हेर्ने हो भने आउनुहोस् कतिबेला उहाँहरू बखेडा झिकेर एकलौटी तरिकाले जानु र संयोजक अरूको रिमोट भएर चलेको प्रस्ट थाहा हुन्छ ।'
राजु अर्यालले जारी गरेको आचारसंहिता
केसी,गुरूङ र विश्वकर्माले जारी गरेको आचारसंहिता

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया