‘ओप्पनहेइमर’को अन्तरंग दृश्यमा भागवत गीता देखाए पछि विराेध

मुम्बई - क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ मा एक इन्टिमेट सिनमा भागवत गीता देखाएको भन्दै विवाद सुरु भएको छ । वास्तवमा फिल्मको एक अंतरंग दृश्यमा मुख्य अभिनेता सिलियन मर्फी भागवद गीता पढिरहेको देखाए पछि विवाद सुरू भएको हो ।
यो दृश्यप्रति दर्शकले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले यो दृश्य निकै आपत्तिजनक रहेको बताउँदै हटाउनु पर्ने माग गरेका छन् । ‘यो हाम्रो धार्मिक ग्रन्थको अपमान हो’ उनीहरूले भनेका छन ।
केही प्रयोगकर्ताहरूले भने यसको लागि भारतीय सेन्सर बोर्डलाई जिम्मेवार ठहराए। 'सेन्सर बोर्डले कसरी सिनेमा हलमा रिलिज गर्न अनुमति दिएको हो ? 'उनीहरूले प्रश्र गरेका छन् । यस्तो दृश्य पास गर्ने बोर्डका सदस्यले लाज मान्नु पर्ने पनि उनीहरूले लेखेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो अन्तरंग दृश्यको के आवश्यकता थियो ? एक अद्भुत फिल्म हो तर म यो दृश्य देखेर धेरै निराश भएँ।
अर्का प्रयोगकर्ताले टिप्पणी गरे, ‘ओपेन हाइमरको एउटा दृश्यमा एक नग्न केटीले गीता ल्याउँछिन् र त्यसपछि ओपेनहाइमरले इन्टिमेट सिनको बेला पढ्छिन्। मेरो विचारमा यो धेरै अपमानजनक छ।’
यसअघि फिल्म समीक्षक सुचित्रा त्यागीलाई दिएको अन्तर्वार्तामा सिलियनले भागवत गीताको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘यस चरित्रको तयारीका लागि मैले भगवद् गीता पढेको थिएँ । मलाई यो धेरै प्रेरणादायक लाग्यो।’
यो फिल्म वैज्ञानिक जे रोबर्ट ओपेनहोइमरको जीवनमा आधारित छ । ओपेनहाइमरलाई हिन्दू महाकाव्यमा ठूलो चासो थियो। यस्तो अवस्थामा रियल लाइफको सन्दर्भलाई लिएर निर्देशकले भागवत गीताका उद्धरणहरू पनि फिल्ममा समावेश गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया