स्वास्थ्यकर्मीसहित संक्रमित भेट्न जनप्रतिनिधी घरघरमा

तनहुँ : जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोभिड सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोभिड पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो ।
घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ सङ्क्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उनले बताए । रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहित गएको हो ।
रामकोट क्षेत्रमा घरहरू जोडेर बनाइएको छ । यहाँ १०० बढी मगर समुदायको बाक्लो बस्ती छ । सङ्क्रमित भई होम आइसोलेशनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । सङ्क्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उनले जानकारी दिए । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन् । रासस

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया