अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

कञ्चनपुर : नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताए ।
सामग्री ग्रहणपछि प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । नगरपालिकालाई उपलब्ध गराईएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास एनपी साउदको पहलमा उपलब्ध गराईएको सभापति बिष्टले जानकारी दिए । रासस

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

प्रतिक्रिया