पत्थरबाट पनि प्यार लिएर आएको छु

गजल १
एक अनौठो विचार, लिएर आएको छू ।
पत्थरबाट पनि प्यार लिएर आएको छु।
मैले पाएको छु आज पागलपन को उपाधि
तिम्रो लागि त्यही उपहार, लिएर आएको छु।
स्वीकार गर्छौं या गर्दैनौं त्यो तिम्रै इच्छा
मैलेसम्बन्ध कै बलियो आधार, लिएर आएको छु।
टाेलाउन छोडिदेऊ तिमी सपनाको संसारमा
मायाको अलि फरक प्रकार, लिएर आएको छु ।
आँखाको पट्टी खोली उज्यालो मा रमाउ प्रिय
मैले फूलैफूलको संसार, लिएर आएको छु ।
गजल २
आऊ अब दुवै काममा जानुपर्छ ।
माया प्रेम हुने धाममा जानुपर्छ।
तिमी र म बाहेक कोही पनि नहुन् ,
हाम्रो जोडी अट्ने खाममा जानुपर्छ ।
विकृति हैन संस्कृति अवलम्बन गरौँ ।
स्वार्थ शहर छोडी गाममा जानुपर्छ ।
जाडो पनि नहोस्, गर्मी पनि नहोस् ,
मायाको किरण भा, घाममा जानुपर्छ ।
गजल ३
कहिले केही मिलाउन पनि केही त बिगार्नुपर्छ ।
जिन्दगी रङ्गिन बनाउनु छ भने सिंगार्नुपर्छ ।
माया प्रेम बढाउने हो भने पेन्सिल र कटर जस्तै भएर
भुत्ते भएको सम्बन्धलाई बेलाबेलामा तिखार्नुपर्छ ।
बेलैमा भनेको बुझ अनि मैले भनेको मानिदेउ
नत्र फेरि हामीले कुनै दिन धिक्कार्नुपर्छ ।
तिमी जस्तो छ्यौ, जे छ्याै त्यही ठिक छ ।
अब त तिमीले पनि मलाई स्वीकार्नपर्छ ।
दुवै विजयी हुने भए यहीँ हो हाम्रो सुनौलो अवसर ,
तब मात्रै सुरेसको यही ' रेस ' मा दुवैले निखार्नुपर्छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OGzKeKxl0Z_j7k7zeqkmawneuhupvu2ubbybzhjp1p5wpet5my61n7ptlusvv4dvnnxx8aa.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया