कांग्रेसको आकस्मिक बैठक भोलि बिहान बस्दै

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट अस्वभाविक रूपमा आएको सरकार गठन आह्वानपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । शुक्रबार विहान ९ बजे उनले आफ्नै निवासमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा औलीको पछिल्लो रबैया र राष्ट्रपतिको कदमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी उनको सचिवालयले दिएको छ । बैठकमा कांग्रेस शीर्ष र प्रभावशाली नेताहरू सहभागी हुने भनिएको छ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरुलाई निम्त्याइएको जानकारी दिइएको छ ।
छलफलमा देउवाले सरकार गठनबारे कसरी जाने के गर्ने समय कम रहेको विषय लगायतमा छलफल गर्नेछन् । त्यसलगत्तै उनले अन्य विपक्षीदलसँग पनि छलफल गर्ने तयारी गरेको देउवा निकट नेताले बताए ।
राष्ट्रपति भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ (५ ) बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा तत्काल त्यस्तो आह्वान गरेकी हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया