ओझाको 'ऐँठन'माथि चितवनमा विमर्श

भरतपुर- युवा आख्यानकार विवेक ओझाको `ऐँठन´ उपन्यासको विमर्श गरिएको छ । चितवन कचेहेरीको आयोजनामा शुक्रबार डबली क्याफे भरतपुरमा उपन्यासका विविध आयामका सन्दर्भमा रहेर छलफल गरिएको छ ।
विमर्श कार्यक्रममा लेखक ओझासँगै डाक्टर सञ्जीव उप्रेती र सरिता तिवारी सहभागी थिए । ऐँठन उपन्यासमा १० वर्षे माओवादी जनयुद्धको कथालाई लेखक ओझाले कलात्मक ढंगले वर्णन गरेको टिप्पणीकार सरिता तिवारीले बताइन् । तिवारीले माओवादी जनयुद्धको सामाजिक र राजनीतिक प्रभावका बारेमा चर्चा गरिन् ।
अर्का टिप्पणीकार डाक्टर सञ्जीव उप्रेतीले ऐँठन जीवनवादी उपन्यास भएको बताउँदै ओझाले उपन्यासमा जीवन र जगतको चर्चा गरेको बताए । पाठकीय टिप्पणी राख्दै उदय अधिकारीले ऐँठन युद्धका धेरै प्रसङ्गहरू जोडिएको उपन्यास भएकोले यो युद्ध संग्रहालय जस्तो लागेको बताए ।
जनयुद्धका घाइतेको कारुणिक अवस्थाले आफूलाई ऐँठन लेख्न प्रेरणा मिलेको ओझाले बताए । `माइतीघर मण्डलामा व्हिलचियरमा आएका पूर्वलडाकुको अवस्था देखेपछि ममा यो विषयमा लेख्ने रहर पलायो´, ओझाले भने । कार्यक्रमलाई जीवन क्षेत्रीले सहजीकरण गरेका थिए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OGzKeKxl0Z_j7k7zeqkmawneuhupvu2ubbybzhjp1p5wpet5my61n7ptlusvv4dvnnxx8aa.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया