पीएसजीका गोलकिपर डोनारुमाको पेरिसस्थित आफ्नै घरमा आक्रमण र लुटपाट

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइगी डोनारुमाको पेरिसस्थित आफ्नै घरमा आक्रमण र लुटपाटमा परेका छन् ।
इटालियन गोलकिपर डोनारुम्मा र उनकी श्रीमतीमाथि बिहीबारदेखि शुक्रबार राति पेरिसको ८औँ एरोन्डिसमेन्टमा रहेको आफ्नै घरमा आक्रमण भएको फ्रान्सेली पत्रीका एसीटीयू १७ ले जनाएको छ ।
अपराधीहरूले ढोका तोडेर घरभित्र प्रवेश गरेका थिए । दम्पतीलाई बाँधिएर बन्धक बनाएको र लगभग ५ लाख यूरो बराबरको सामान लुटिएको उल्लेख गरिएको छ ।
पीडितहरू बिहान ३:२० बजेतिर आफ्नो घरभन्दा टाढा रहेको एउटा होटेलमा शरण लिन सफल भएपछि होटेलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया