लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटे चेकपोष्टबाट लागूऔषधसहित तीन जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैया बस्ने वर्ष ३५ की गिता देवी नुनियाईन, भारत बिहार राज्य रक्सौल नुनियाडी बस्ने वर्ष २६ की पुनम देबी र हेटौंडा ९ वस्ने वर्ष २७ को टेकबहादुर मगर रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग हुँदै वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ८६८८ नं को यात्रुवाहक माईक्रोबसमा गिता र पुनमलाई खानतलासी गर्दा लागूऔषध डाईजेपाम ३५ एम्पुल, फेनारगन ६६ एम्पुल, नुफिन ३४ एम्पुल गरी १३५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त लागूऔषधको बारेमा सोधपुछ गर्दा टेक वहादुरलाई दिन ल्याएको बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध सहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया