बार्सिलोनाका अर्का खेलाडी अल्बा मियामीमा आबद्ध

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोनाका अर्का खेलाडी जोर्डी अल्बा अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएका छन् ।
अल्बाले मियामीमा आफ्नो पूर्व क्लब बार्सिलोनामा सँगै खेलेका लियोनेल मेस्सी र सर्जियो बुस्केट्ससँग खेल्नेछन् ।
३४ वर्षीय स्पेनिस डिफेन्डरले २०२४ को मेजर लिग सकर सिजनको अन्त्य सम्म खेल्ने सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।
क्लबले अल्बालाई भित्र्याएको खबर बिहीबार सार्वजनिक गरेको थियो । जुन मेस्सीको एमएलएस लिग कपमा डेब्यु हुनुभन्दा ठिक २४ घण्टा अगाडि थियो ।
अल्बाले ११ वर्षपछि गत सिजनको अन्त्यतिर बार्सिलोना छाडेका थिए । अल्बाले बार्सिलोनाबाट ४५९ खेल खेल्दै १८ वटा ट्रफी जितेका थिए ।
स्पेनबाट ९३ खेल खेलेका अल्बाले २०१२ मा युरोपियन च्याम्पियनसिप र २०२३ मा नेसन्स लिगको उपाधि जितेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया