सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले अंक बाँड्यो

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत क्रिस्टिन सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले १० खेलाडीमा सिमित नाइजेरियासँग अंक बाँडेको छ ।
अस्ट्रेलियाको मेलबर्न रेक्ट्याङगुलर स्टेडियममा समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा क्यानाडा र नाइजेरियाले गोल रहित बराबरी खेलेका हुन् ।
५० औँ मिनेटमा क्यानाडाकी सिंक्लेयरले गरेको पेनाल्टी प्रहारलाई नाइजेरियाकी गोलरक्षक चियामाका नाडोजिइले उत्कृष्ट बचाउँ गरेकी थिइन् ।
यससँगै सिंक्लेयर ६ वटा विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउन सकिनन् ।
नाइजेरिया दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । नाइजेरियाकी अवियोडनले रातो कार्ड खाएकी थिइन् ।
यस समूहमा अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गरेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया