बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

युनाइटेडले भित्र्यायो इन्टर मिलानका गोलरक्षक ओनाना

काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानका गोलरक्षक एन्ड्री ओनानालाई भित्र्याएको छ ।

युनाइटेडले ओनानालाई ५५ मिलियन युरोमा भित्र्याएको बीबीसीले जनाएको छ ।

क्यामरुनका २७ वर्षीय गोलरक्षक ओनानाले युनाइटेडसँग पाँच वर्षका लागि सम्झौता गरेका हुन् ।

युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डी जियाले क्लब छाडेपछि ओनानाले उनको स्थान लिने भएका छन् ।

डेभिडले युनाइटेडका लागि १२ वर्ष खेलेका थिए ।